सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा ७५ बर्षपछी भेटियो अमेरिकी पनडुब्बी

द्वितीय विश्वयुद्धमा हराएको एक अमेरिकी पनडुब्बी इस्ट चाइना सीको फेदमा भेटिएको छ । यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानी हवाई आक्रमणमा परेपछि हराएको थियो ।

यसको अवस्थितिका बारेमा जानकारी भएको एक सैन्य कागजपत्र फेला परेपछि सो पनडुब्बी जापानको ओकीनावा नजिकै फेला परेको हो । यसअघिको खोजमा प्रयोग गरिएको अवस्थिति जानकारीमा एउटा अङ्क नभएको कारण यो फेला पर्न सकेको थिएन ।

पनडुब्बीमा रहेका ८० जना सदस्यको परिवारलाई यो खोजको बारेमा जानकारी दिइएको छ । सो पनडुब्बीमा रहेका सेना प्याट्रिक किङकी भतिजी क्याथी टेलरले यो खोजले काकाको अध्याय बन्द गरेको बताउँछिन् । उनले एबीसी न्युजलाई भनेकी छिन्–‘म सानो हुँदादेखि नै कि उहाँको बारेमा पत्ता लगाउन वा खोज जारी राख्न वा उहाँलाई सम्झनामा राखिराख्न चाहान्थे ।’

USS Greyback pandubi Found

द्वितीय विश्वयुद्धमा हराएका अमेरिकी पनडुब्बीहरू खोज्ने लस्ट ५२ प्रोजेक्ट नामक अभियानले यूएसएस ग्रेब्याक खोजेको हो । उनीहरूले यसअघि सो पनडुब्बी खोज्न प्रयोग गरिएको जापानी कागजातमा एउटा अङ्क नभएको र त्यसको कारण १६० किलोमिटर पर खोजिएको थाहा पाएका थिए ।

USS Greyback pandubi Found

ड्रोनमा आधारित नयाँ प्रविधि र नयाँ कागजात प्रयोग गरेर खोज टोलीले समुन्द्र सतहबाट १४ सय फिट तल पिँधमा रहेको पनडुब्बी खोजेको हो । अभियानका संस्थापक टीम टेलरले भने–‘अमरिकी पनडुब्बी डुबेको स्थानको रूपमा पहिचान हुनुको मतलब सो स्थानमा खलबल हुने छैन र मृत अमेरिकी सेनाहरू शान्त रूपमा विश्राम गर्न पाउने छन ।’ द्वितीय विश्वयुद्धमा १४ वटा जहाजहरूलाई डुबाएको यूएसएस ग्रेब्याक हराएका ५२ अमेरिकी पनडुब्बीमध्ये एक हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्