सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मोरङका १७ स्थानमा भारतले दशजगा मिच्यो

भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको बेला मोरङमा पनि दशगजा मिचिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार मोरङका १७ स्थानमा दशजगा मिचिएको छ ।

६३.२ किलोमिटर सिमाना रहेको मोरङका १७ स्थानमा टहरा निर्माण भएका छन् । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार दशगजा मिचिएको स्थानहरुमा १० वटासम्म टहरा निर्माण भएका छन् ।

दशजगा मिचेर निर्माण भएका टहरा हटाउन भारतीय पक्षसँग पटक–पटक छलफल भए पनि कार्यान्वयन नभएको उनले बताएका छन् । सीमा सुरक्षाका विषयमा वर्षमा दुई पटक मोरङमा भारतीय सिमावर्ती जिल्लाका सुरक्षा प्रमुखबीच छलफल हुन्छ । ६–६ महिनामा हुने जिल्ला स्तरीय सीमा सुरक्षा बैठक बस्ती हटाउने निर्णय भए पनि कार्यान्वयन नभएको उनको भनाइ छ ।

India Nepal Border dasgaja morang

दुबै देशका जिल्लास्तरीय पदाधिकारी सीमा क्षेत्र खाली गराउन तयार भए पनि दशगजामा बसोबास गर्नेलाई अन्यत्र स्थानान्तरण गर्न माथिल्लो तहबाट समन्वय आवश्यक रहेको भण्डारीले बताए । ‘दशगजामा बस्ने समस्या नयाँ होइन् वर्षाैंदेखि बसोबास गरिहेका छन् ।’ भण्डारी भन्छन्, ‘साना झुपडीमा प्राय बुढाबुढी मात्र बसेका छन् ।’ उनका अनुसार नयाँ अतिक्रमण भने भएको छैन् ।

मोरङको ६३ किलोमिटर खण्डमा साना ठूला गरी जम्मा १२३ वटा सीमा स्तम्भहरु छन् । ती स्तम्भहरु सुरक्षित रहेको उनले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्