सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रक्सि खाएपछी विवाद हुँदा आफ्नै साथीको हत्या

काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं–१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो ।

महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं–१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ ।

Death scatch, Sicide

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मादक पदार्थ सेवन गरी भएको विवादका क्रममा छुरा प्रहार भएको देखिएको छ । प्रहरीका अनुसार छुरा प्रहार गरेपछि खड्गीले आफैंले चित्रकारलाई ट्रमा सेन्टरसम्म उपचारका लागि लगेका थिए । तर, चिकित्सकले केहीवेरमै मृत घोषणा गरे ।

प्रहरीले घटनास्थल छेउबाट अपराधमा प्रयोग भएको हतियार पनि बरामद गरेको छ भने छुरा प्रहार गर्नुको कारणबारे अध्ययन गरिरहेको छ । प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोकमा छुरा प्रहार गरेको दाबी गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्