सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नक्कली प्रहरी बनेर धम्क्याउने प्रहरी फन्दामा

सुरक्षा गार्ड हुँदा चोरेर भागेको वाकीटकी देखाउँदै सर्वसाधारणलाई आफु प्रहरी भएको भनि धम्क्याउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘प्रहरी हुँ’ भन्दै वाकीटकी देखाएर धम्क्याउने सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिसरले जानकारी दिएको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले दिएको जानकारी अनुसार काठमाडौंको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरूको निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठ पक्राउ परेका हुन् ।

Police Dommy

वरिष्ठ उपरीक्षक थापाले बताए अनुसार, प्रहरीले खानतलासी गर्दा श्रेष्ठ प्रहरीमाथी दुव्र्यवहार गरेर भाग्न खोजेपछी पक्राउ गरिएको हो । सुरक्षा गार्ड हुँदा प्रयोग गरेको वाकिटकी देखाएर आफुलाई प्रहरी बताउँदै सर्वसाधारण धम्क्याउँदै आएका श्रेष्ठको वाकिटकी पनि प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको वाकिटकीको बारेमा छानबिन गर्दा सो वाकिटकी श्रेष्ठले सुरक्षा गार्डको काम गर्ने बेला प्रयोग गरेको वाकिटकी लिएर भागेको खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको अपराध महाशाखाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्