सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुक म्यासेन्जरमा सरप्राईज म्यासेजको आतंक

तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको छ ।

नयाँ वर्षको शुभकामना जस्तो देखिने यस्तो म्यासेज अहिले हरेकको म्यासेन्जरमा आइरहेको छ । आफ्नै साथीले पठाएको जस्तो देखिने यो म्यासेज खासमा झुक्किएर पनि नखोल्नु होला ।

आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई जानेछ । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो ।

Massanger Virus

प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् । झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ गइरहेको हुन्छ ।

यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनधिकृत पहुँच राख्न सक्छ । त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस् । यस्ता म्यासेजहरूलाई आउने बित्तिकै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन ।

यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका कुराकानी लिक हुने सम्भावना हुन्छ । त्यतिमात्र होइन कतिपय म्यासेजहरू अश्लिल पनि आइरहेका छन् । त्यसैले समयमै यसलाई ख्याल गर्दा यसबाट हुने हानी हुनबाट बचिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्