सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जनताले बोल्न पाउनुपर्छः पुर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले परस्पर प्रेम, एकता र सद्भावका निम्ति देशवासीलाई आग्रह गरेका छन् ।

सन्देशमा उनले भनेका छन्–‘जनमानसमा के छ, के भइरहेको छ भन्ने सबैमा स्पष्टै छ, राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन ।’

Gyanendra Shah

उनले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्ने बताएका छन् । उनले देशको सबै भूभागको रक्षा र नेपाली जनताको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने पनि सन्देशमा उल्लेख गरेका छन् । पृथ्वीनारायाण शाहका दिव्योपदेश अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको ज्ञानेन्द्रले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्