सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नायिका महिमाको सडक दुर्घटनामा मृ*त्यु

नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृ*त्यु भएको छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिँदा सिलवालको नि*धन भएको हो ।

लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृ*त्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले बताएका छन् ।

Mahima Silwal

बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए । महिमाको घटनास्थलमा नै मृ*त्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृ*त्यु भएको बस्नेतले बताए ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ’कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’ लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्