सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्यालुट नगरेको भन्दै इन्सपेक्टरले कुटे जवान

नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम सुवेदीले कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवानलाई कुटपिट गरेको भिडियो रातोपाटी अनलाईनले सार्बजनिक गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत इन्स्पेक्टर सुवेदीले ड्युटीमा काम गरिरहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ ।

सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्सपेक्टर सुवेदीले कुटपिट गरेको बताइएको छ ।

भिडियोमा अन्य दुई जना प्रहरीलाई पनि देख्न सकिन्छ । तर, उनीहरु पनि इन्सपेक्टर सुवेदीले विश्वकर्मालाई कुटेको हेरेर मात्र बसेका छन् ।

Inspector case
तस्विरः रातोपाटीबाट

यस विषयमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीसँग बुझ्दा घटनाबारे अनविज्ञ रहेको बताए । उनले भने, ‘इन्सपेक्टर सुवेदी र जवान विश्वकर्मा सिंहदरबार वृत्तमा कार्यरत छन् । तर घटना भएको जस्तो लाग्दैन ।’

यसैबीच प्रहरी इन्सपेक्टर सुवेदीले आफूले हातपात गरेको नभइ सम्झाइ बुझाइमात्रै गरेको दावी गरेको समाचार रातोपाटीपाटी अनलाइनले लेखेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्