कोरोनाबाट मृ*त्यु हुने २८ सय पुगे, ४४ देशमा
कोरोना भाइरसले यतिबेला सारा विश्वलाई त्रसित बनाइरहेको छ । चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाईरसले विश्वका ४४ देशमा संक्रमण गरिसकेको छ । उद्गमस्थल चीनमा सं*क्रमण दर केही घट्दै गएको बताइए पनि पछिल्लो समय ईरान, दक्षिण कोरिया, जापान र इटली लगायतका देशमा भने सं*क्रमण बढिरहेको छ ।
पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा नयाँ सं*क्रमित फेला परेपछी कोरोनाको असर विश्वभर तिव्र रुपमा फैलिने देखिएको छ । कोरोनाको संक्रमण फैलिरहेका बेला चिकित्सकहरुले गर्मी मौसम सुरु भएसँगै कोरोना भाइरस निस्कृय हुने दाबी गरेका छन् ।
मंगलबार मात्रै इरानका उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको सं*क्रमण भएको पुष्टि भयो । उनलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । इरानका कार्यबाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका उनी सरकारको प्रवक्तासँगै पत्रकार सम्मेलनमा बसिरहेको बेलामा निरन्तर खोकी लागेपछि अस्पताल लैजाँदा कोरानाको सं*क्रमण देखिएको हो ।
यही सन्दर्भमा अनेकानेक समाचारहरुले बजार तताउने गरेको छ । पछिल्लो समय गर्मी मौसम सुरु भएसँगै कोरोना भाइरस गर्मी मौसममा निस्कृय हुने समाचार चर्चामा छ । विश्व यतिबेला कोरोना भाइरसको उपचार खोजमा व्यस्त छ । सोही खोजीको क्रममा केही चिकित्सकहरु एवं अन्वेषकहरूले ग्रीष्म ऋतुमा भाइरसको प्रभाव कम हुने आशा देखाएका छन् ।
विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुखहरुले समेत कोरोना भाइरसबारे चासो राख्दै यसको छिटो समाधान खोजीका लागि सरोकारवाला निकायलाई घच्घच्याईरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमै कोरोनाभाइरस अप्रिलसम्ममा अन्त्य हुने बताएका थिए ।
उनको तर्क यो थियो कि त्यस्ता भाइरसहरू गर्मीमा मर्छन् र यसको प्रकोप अन्त्य हुन्छ । गर्मीमा सुधारको अपेक्षा गर्ने ट्रम्प एक मात्र नेता होइनन् । बेलायतका स्वास्थ्यमन्त्री म्याट हृयान्ककले पनि ग्रीष्म ऋतुमा भाइरसको प्रसार कम हुने उल्लेख गरेका छन् ।
भारतको फोर्टिस अस्पतालको पल्मोनोलजी र स्लीप डिसअर्डर सम्बन्धी विभागका निर्देशक तथा प्रमुख विकास मौर्यले पनि यही तर्कमा जोड दिएका छन् । उनले भनेका छन्–‘कोरोनोभाइरस जंगली जनावरबाट आएको भाइरस हो । यो संक्रमण जाडोमा देखा परेको र श्वासप्रश्वाससँग जोडिएको विषय हो ।’
उनले एक वर्षमा कम्तिमा दुई पटक भाइरल सं*क्रमण देखा पर्छ । एउटा मौसमको संक्रमण प्रायः अर्को मौसममा बदलिने गर्छ । त्यसैले यो पनि गृष्म ऋतुको सुरुवातसँगै अन्त्य हुने आशा उनी लगायत अरु पनि विश्लेषकहरुको छ ।
अहिले विश्वभरी आतं*कित बनाएको कोरोना भाइरस चीनबाट दक्षिण कोरिया र जापान तिर सरेपछि रोजगारीको सिलसिलामा रहेका नेपालीहरु र उनीहरुका परिवारहरु अहिले त्र*सित छन् । झण्डै ४४ हजार नेपाली कामदारहरु रहेको कोरियामा फैलिएको सं*क्रमणले नेपालीहरु समेत त्र*सित छन् । त्यस्तै ९० हजार नेपाली बस्दै आएको जापानमा पनि कोरोनाको सं*क्रमण बढिरहेको छ ।
नोबेल कोरोनाभाइरसबाट अहिलेसम्म विश्वभर करिब २८ सय जनाको मृ*त्यु भइसकेको छ । यसका कारण धेरै अन्तराष्ट्रिय व्यापार कार्यक्रमहरू रद्द गरिएको छ । नेपालमा समेत भ्रमण वर्षको कार्यक्रमहरु प्रभावित भएका छन् । ठमेलका बजारहरु सुनसान देखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्