सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिपि मैनालीको सुनियोजित रुपमा दुर्घटना

नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको दाबी गरेको छ । बिहीबार सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएको जनाएका हुन् ।

उनले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग गरेका छन् ।

CP Mainali Accident

झापामा पारिवारिक कार्यक्रमबाट राजधानी फर्किने क्रममा महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो ।

दुर्घटनामा मैनाली सख्त भएका छन् । मैनालीसहित उनका छोराबुहारी र ५ वषीय नाती समेत घाइते भएका छन् । घाईते सबैलाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याएर उपचार भईरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्