से*क्स भिडियोका कारण प्रितीले गरिन आत्मह*त्या
परपुरुष अर्थात प्रेमीले आफैंले यौ*न सम्बन्ध राखेको भिडियो देखाएर ब्ल्या*कमेलिङ गरेपछि मोरङमा एक विवाहित महिलाले आ*त्मह*त्या गरेकी छन् । आ*त्मह*त्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचा– ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् । उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ कि प्रीति तिम्सिना अधिकारीलाई आ*त्मह*त्या गर्न बाध्य पारेको आरोप प्रहरीले लगाएको छ ।
प्रहरीका अनुसार फागुन ८ गते प्रितीले आ*त्मह*त्या गरेपछि प्रहरीले सुसा*इट नोट फेला पारेको थियो । सुसा*इट नोटमा दुईवटा फेसबुक एकाउन्टबाट न*ग्न तस्वीर देखाएर आफूलाई ब्ला*कमेलिङ गरेको उल्लेख थियो ।
ड्याजलिङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट न*ग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने ड*र देखाइएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।
उनका अनुसार एक छोरीकी आमा प्रितीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ऋषिराम भट्टराई प्रितीलाई पहिलादेखि नै मन पराउँथे । पछिल्लो समय उनीहरु सामाजिक सञ्जाल मार्फत नजिकिएका थिए ।
त्यसपछि उनीहरुबीच शारीरिक सम्बन्ध भएको र ऋषिरामले भिडियो बनाएको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिएका छन् । सोही भिडियोलाई प्रयोग गरी पटकपटक प्रीतिसँग रकम असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रीतिबाट ऋषिरामले ५५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
उनले विभिन्न मितिमा ध*म्की दिँदै पैसा असु*ल्ने गरेको र पैसा नभएपछि आफूले आ*त्मह*त्याको बाटो रोजेको मृ*तक प्रीतिले उल्लेख गरेको सु*साइड नोटमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भट्टराईले एक वर्षयता न*ग्न तस्वीर देखाएर पैसा असुल्दै आएको स्वीकार गरेको बताएका छन् । पैसा लिन भने उनले सञ्जितालाई प्रयोग गर्दै आएको खुलेको छ ।
प्रीतिले आ*त्मह*त्या गर्नुअघि पनि भट्टराईले पैसा नदिए फोटो भाइरल गरिदिने ध*म्की दिएका थिए । तर उनीसँग पैसा थिएन । मागे जत्ति पैसा दिन नसक्ने भएपछि उनले आ*त्मह*त्याको बाटो रोजेको प्रहरीको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिएका छन् ।
सु*साइट नोटका आधारमा पक्राउ परेका दुई जनाविरुद्ध आ*त्मह*त्या दुरुत्साहन मु*द्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्