सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचण्डलाई जुत्ता प्रहार गर्ने पुर्वलडाकुका छोरा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुत्ता प्रहार गर्ने युवक पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ ।

जुम्लाका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए ।

Prachandalai Jutta

उनले हानेको जुत्ता प्रचण्डलाई लागेन । तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए । उनले नेपालगञ्जमा अमिन पढेका थिए । अचेल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए ।

रतनले प्रहरीलाई दिएको बयानमा भनेका छन्–‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ । उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो । पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन । मलाई चित्त बुझेन । अनि जुत्ता हानेको हुँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्