सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कोरोनाको आशंका गरिएका बिरामी टेकुबाट भागे

कोरोना भाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली अस्पतालबाट भागेका छन् । अस्पतालले जानकारी गराएपछि अहिले सो व्यक्तिको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौंरले भने–‘अस्पतालले खबर गरेपछि अहिले हामीले खोजि गरिरहेका छौं ।’ कोरियाबाट आएका ती नेपालीलाई बुधबार विमानस्थलबाट कोरोनाको आशंका गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको थियो ।

Teku Hospital

साधारण जाँचपछि उनलाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताएका थिए । भागेका विरामीमा कोरोना संक्रमण प्रमाणित नभए पनि उनी किन भागे भन्ने कुरा बझ्न सकिएको छैन ।

बुधबार नै एकजना युएईबाट आएका नेपाली र अर्का फ्रेन्च नागरिकलाई आइसोलेसनमा भर्ना गरिएको थियो । उनीहरू सबैको कोरोना परीक्षण बिहीबार गरिने अस्पतालले जनाएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS