सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कहिले पनि बिबाहितसँग प्रेममा नपर्नुहोस्

बलिउड अभिनेत्री नीना गुप्ताको नीजि जीवनसंग सम्बन्धित एक भिडियो अहिले भाइरल बनेको छ । जसमा उनले जीवनसँग सम्बन्धित एक सनसनीपूर्ण खुलासा गरेकी छिन् ।

भिडियोमा नीना गुप्ताले भनेकी छिन्–‘साँच्चै भन्ने हो भने म तपाईंलाई केही यस्ता डायलग सुनाउँछु जुन तपाईंमध्ये कतिले सुन्नु भएको पनि होला । मलाई उनले उनकी श्रीमती र उनले एक अर्कालाई मन पराउँदैनन् त्यसकारण चाँडै नै अलग्गिँदै छौँ भन्छन् ।

यस्तोमा तपाईं एक विवाहित व्यक्तिसँगको प्रेममा पर्नुहुनेछ । तपाईं उनलाई श्रीमतीसँग अलग्गिन भन्नु हुनेछ तर उनले भन्छन ‘नाई‘बच्चा छन् । हेरौं पछि के हुन्छ ।’ तपाईंलाई उनीसँग ठूलो आशा हुन्छ । तपाईंलाई उसँग बिदा मनाउन पनि जान मन लाग्छ । उनलाई समस्या हुन्छ किनभने घरबाट के भनेर निस्कने ।

Neena Gupta

त्यसपछि उनले झुटो बोल्छन् । त्यसपछि तपाईंलाई उनीसँग रात बिताउन मन लाग्छ । तपाईंले उनलाई दबाब दिन थालेपछि उनले होटल वा कुनै स्थान खोजेर तपाईंसँग रात बिताउनेछन् ।

पछि तपाईं उनीसँग थप रात बिताउन चाहनुहुन्छ । अन्त्यमा तपाईं उनीसँग विवाह गर्न चाहनुहुन्छ र तपाईंले उनलाई श्रीमतीसँग सम्बन्धविच्छेदका लागि दबाब दिइरहनु हुनेछ ।

त्यसपछि उनले थोरै प्रतिक्षा गर्न भन्छन् । त्यति सजिलो हुँदैन । सम्पत्ति छ । बैंक अकाउन्ट छन् । धेरै कुरा हुन्छन् भन्छन् । त्यसपछि तपाईं तनावमा पर्न थाल्नु हुनेछ ।

कतिपटक त तपाईंलाई उनकी श्रीमतीलाई फोन गरेर उनको बानी बारे भनि दिन मन पनि लाग्छ । अन्त्यमा यो यति जटिल हुन्छ कि ती व्यक्तिले पनि सोच्छन् कि अब यस्तो जटिल परिस्थितीमा पर्दिनँ ।

त्यसपछि उनले तपाईंलाई आफ्नो जीवनबाट बाहिरिन भन्छन् । त्यसैले साँचो भन्ने हो भने कहिले पनि विवाहित व्यक्तिसँगको प्रेममा नपर्नुहोस् । मैले यस्तो गरेको छु । म चिन्तित भएकी छु । त्यसकारण मैले तपाईंलाई यो सब भनिरहेकी छु । यस्तो जञ्जालमा पर्ने कोसिस नगर्नुहोस् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्