सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मगरले यसकारण कोरोनाको हल्ला फैलाएछन्

कोरोना भाइरसबारे अडियो बनाई अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवेक थापा मगरले आफ्नो फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको प्रहरीलाई बयान दिएका छन् ।

केन्द्रीय साइबर ब्युरोले शनिबार दिउँसो उनलाई पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले किन अफवाह फैलाएको भन्दै बयान लिन थालेपछि मगरले फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन नयाँ तरिका अपनाएको बताएका हुन् ।

उनले सामाजिक संजालको दुरूपयोग गर्दै अडिओ मेसेजमार्फत् राजधानी काठमाडौंको नर्भिक अस्पतालमा ६ जनालाई कोरोनाभाइरस देखिएको बताएका थिए । नेपालमा कोरोना फैलिसकेको भन्दै अफवाह फैलाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

Bibek Thapa Magar

रामेछाप, ठाडादेवी गाउँपालिका घर भई उनी हाल भक्तपुर सिपाडोल बस्दै आएका थिए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भने सामाजिक सञ्जालमा यस्ता किसिमका गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ ।

यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ । अडियोमार्फत भ्रम फैलाउने मगरको अडियोबारेमा अर्भिक अस्पतालले समेत विज्ञप्ती निकालेर अडियोको झुठबारे प्रस्ट पारिसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्