सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सिल्क एयर जर्बजस्ती ल्याण्डिङ, यात्रु सबै नेपाली

अष्ट्रेलियाबाट ९८ जना यात्रु बोकेर आएको सिल्क एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशन विपरीत अवतरण गरेको खुलासा भएको छ ।

अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरेको थियो । तर इन्धन भर्नुपर्ने कारण देखाएर जहाज नेपालतर्फ आयो ।

त्यसको केही समयपछि ८ बजेर ३० मिनेटमा विमानस्थलमा अवतरण गर्यो । तेल भरेपछि जहाज फिर्ता हुन पुनः एटीसीले निर्देशन दियो । तर जहाजभित्रैबाट नेपाली यात्रुहरुले होहल्ला र नाराबाजी गरेपछि चालकले ‘यस्तो वातावरणमा म जहाज उडाउन सक्तिनँ’ भन्दै एटीसीलाई सन्देश पठाए ।

Silk Air

एटीसीले त्यसपछि जहाजमा कुन देशबाट कति नागरिक आएको भन्नेबारे नागरिक उड्ययन प्राधिकरणका अधिकारी र अध्यागमनसंग सल्लाह गर्यो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्य र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको टोली विमानस्थल पुग्यो ।

आपत्तकालीन बैठक नै बसेर विमान भित्रका यात्रुबारे जानकारी लिएपछि त्यहाँ भएका सबै यात्रुलाई ओराल्ने निर्णय भएको स्रोतले बतायो । त्यसपछि कागजात र राहदानी प्रमाणीकरण गर्दा ९७ जना नेपाली र १ जना अस्ट्रेलियन नागरिक जहाजमा भएको भेटियो ।

नेदरल्याण्ड्सबाट आएका एकजना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने र अस्ट्रेलियन नागरिकलाई कोरोनामूक्त स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा होटलमै १४ दिन बस्ने गरी तथा बाँकी नेपालीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छाड्ने निर्णय भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS