कोरोना संक्रमित दुईजना निको भएर घर फर्किए
थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी–९५३७ विमानमा नेपाल आएका थिए ।
पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ईन्द्रबहादुर बिक भारतबाट आएका हुन् । उनको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले बुधबार डिस्चार्ज गरेको हो ।
चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो । उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा पनि कोरोना पुष्टि भएको थियो । त्यसअघि विदेशबाट आएका एकजनामा संक्रमण भएको थियो ।
संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय अमृत शाहीलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ । अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचाररत छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्