सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सशस्त्र व्यारेकभित्रै दुई इन्सपेक्टरले कुटे डिएसपी

रूपन्देहीको सशस्त्र प्रहरी ब्यारेकभित्र दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट गरेका छन् । बुधबार राति रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीमाथि दुई इन्स्पेक्टरले कुटपिट गरेका थिए ।

कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई र दयाराम पौडेललाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठले भनेका छन्–‘यस घटनाका बारेमा हामीले छानविन गर्न निर्देशन दिइसकेका छौँ ।’

Fight

छानविन गर्न सशस्त्रले छानविन समिति बनाएको उनले बताएका छन् । इन्स्पेक्टरले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको हुन सक्ने अनुमान छ । डिएसपी शाहीलाई कुनै चोट भने नलागेको डिआइजी श्रेष्ठले बताए ।

‘आवेशमा आएर हातपात गरेको हुन सक्छ,’ उनले भने, ‘अब मापसे गरेको छ वा छैन भन्ने छानविनको प्रतिवेदनले भन्ला ।’ उनीहरूलाई विभागीय कारबाही हुने उनले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्