सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकामा कोरोनाले १५ नेपालीको ज्यान गयो

कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् ।

उनी बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते अस्पताल भर्ना भएका थिए । उनीसहित अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार पहिले देखी नै अन्य रोग भएकाहरुलाई कोरोना संक्रमणले छिटो च्याप्ने र कतिपयलाई मनोवैज्ञानिक त्रासले हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ ।

Italy in CoronaVirus

उनी भन्छन्–‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको संक्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्याउने गरेको देखिन्छ ।’

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिएका छन् । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पुर्याउने काममा भण्डारीले महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५६ नेपालीको मृत्यु भएको छ । विश्वका विभिन्न देशमा रहेका करिब २५ सय नेपाली कोरोनाबाट संक्रमित भएको पाइएको छ ।

संक्रमितमध्ये ४३४ भन्दा बढी कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । सबैभन्दा बढी अमेरिकामा करिब १२ सय को आसपासमा नेपाली संक्रमित भएको अनुमान गरिएको छ । सबैभन्दा बढी बेलायतमा ३५ जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्