सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको टोकियोमा थप २ नेपालीमा कोरोना


जापानको टोकियोमा थप २ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित भएकाहरु केहि दिन अघि संक्रमित पुष्टि भएका व्यक्तिसंगै कार्यरत रहेको खुल्न आएको छ । टोकियोको इकेबुकुरोस्थित एक रेष्टुरेन्टमा कार्यरत २ जना नेपालीहरुमा यस अघिनै संक्रमण पुष्टि भईसकेको छ ।

सोही रेष्टुरेन्टमा काम गर्ने २ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको हो । थप दुई जनामा संक्रमण भएकोबारे राजदूतावास तथा अन्य संघसंस्थाहरुसम्म हालसम्म औपचारिक जानकारी भने पुगिसकेको छैन । संक्रमितहरुसंग निकट व्यक्तिबाट प्राप्त जानकारी अनुसार उनिहरुलाई हस्पिटलले कोरोना पोजिटिभ भएको पुष्टि गरी हाल उपचार भइरहेको छ ।

Corona Infected

यो संगै जापानमा कोरोनाबाट संक्रमित हुने नेपालीहरुको संख्या ६ जना पुगेको छ । संक्रमित मध्ये एक युवती भने निको भएर घर फर्किईसकेकी छन् । जापानमा हालसम्म संक्रमित पुष्टि भएको संख्या थोरै देखिए पनि परिक्षणको क्रममा रहेका नेपालीहरुको संख्या धेरै रहेको बुझिन आएको छ ।

टोकियो, योकोहामा, गुन्मा, साईतामा, चिबा तथा खानागावाकेनमा दर्जन बढी नेपालीहरुमा कोरोनाको लक्षण देखिएकाले परिक्षण भइरहेको जानकारीमा आएको छ । भेटघाट तथा जमघट गर्न नछोड्नु, भिडभाड हुने कम्पनीमा पनि निरन्तर काममा गइरहने, व्यापार व्यवसायलाई निरन्तरता दिने तथा हेलचेक्र्याईँ गर्ने गरेकाले नेपालीहरु संक्रमित हुने क्रम अँझै बढ्ने अनुमान गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्