सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा कोरोना संक्रमित नेपाली १० पुगे

जापानमा थप तिन जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो संगै जापानमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या १० पुगेको छ । आपतकाल लागु गरिएको जापानमा पछिल्लो केही दिन यता कोरोना संक्रमित हुने नेपालीको संख्या बृद्धि हुँदै गएको छ ।

जापानको योकोहामा बस्दै आएका संक्रमित महिला र पुरुष श्रीमानश्रीमती भएको खुल्न आएको छ । उनीहरु संक्रमित भएको जानकारी मे ४ मा खुलेपनि अस्पतालले १२ दिन पहिले नै उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरिसकेको बताइएको छ ।

कोरोना संक्रमित श्रीमानश्रीमती दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुको उपचार गरिरहेको अस्पतालले दुबै जनाको चाँडै डिस्चार्ज गर्ने तयारी गरेको खुल्न आएको छ । संक्रमितहरुले आफ्नो परिचय खुलाउन नचाहेकाले परिचय गोप्य राखिएको छ ।

Corona Virus in Japan

त्यसैगरी जापानको क्योटोमा पनि एकजना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको खुल्न आएको छ । संक्रमित व्यक्ति पुरष रहेका छन् । उनी एक हप्तादेखी अस्पतालमा उपचाररत रहेका छन् । उनलाई पनि एक हप्ता पहिले नै कोरोना भएको पुष्टि भइसकेको थियो ।

उनले पनि आफ्नो परिचय खुलाउन नचाहेकाले गोप्य राखिएको छ । जापानमा कोरोनाबाट संक्रमित १० जना नेपालीमध्ये २ जना उपचार पछी निको भएर घर फर्किसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्