लिपुलेकमा खनिएको सडक भारतिय भुमीमै पर्छः भारत
भारतले नेपाली भुमि मिचेर लिपुलेकमा खनिएको मानसरोवर जाने सडक भारतीय भूमि भित्रै पर्ने दावी गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिदैँ सडक उत्तराखण्डको पिथौरागढ जिल्ला भित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको बताएका हुन् ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार चीनको मानसरोवर जोड्ने गरि नेपाली भूभाग हुदैँ जाने बाटोको उद्घाटन गरेका थिए । उक्त बाटो नेपालको कालापानी र लिपुलेक क्षेत्र हुदैँ निर्माण गरिएको छ ।
बाटोको उद्घाटन भएको समाचार आए लगत्तै शनिबार नेपाल सरकारले उक्त कदमलाई खेदजनक भनेको छ । सीमा विवाद हल गर्न परराष्ट्र सचिव स्तरिय संयन्त्रमा कुराकानी गर्न नेपालले दुई पटक गरेको प्रस्तावमा भारतले वेवास्ता गरेको थियो ।
तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सचिव स्तरिय वार्ता हुन सक्ने उल्लेख गरेका छन् । उनले भारत कुटनैतिक वार्ताबाटै सीमा विवाद हल गर्न तयार रहेको बताएका छन् । भारतले कोरोना भाइरसको चुनौती सकिए लगत्तै दुई पक्षबीच वार्ताको मिति टुङ्गो लाग्ने जनाएको छ ।
लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकबारे मिडियाले उठाएका प्रश्नको भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दिएको जवाफ पढ्नुहोस तल
फेसबुकबाट कमेन्ट गर्नुहोस्