सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाबाट महिलाको मृत्यु भएपछी गाउँ सिल

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका –९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।

अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएपछी सम्भावित जोखिम फैलन नदिन मृतक महिलाको गाउँ र माईति गाउँको नाकाबन्दी गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो । शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ ।

Corona Virus

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ । यता मृतक महिला बस्दै आएको काठमाण्डौको टोखा नगरपालिकाको काभ्रे डेरीदेखी अरुण डेरीसम्मको क्षेत्रमा पनि नाकाबन्दी गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्