सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाले आमा गुमाएका शिशुमा कोरोना छैन

कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका हुन् ।

२९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो । परिवारका बाँकी सदस्यमा मृतकका श्रीमान, आमा र बहिनी छन् ।

Child after death of mother by corona
फाइल तस्विर

नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ । सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका–९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । मृतक महिलाको पसुपतिस्थित विधुतिय शवदाह गृहमा शव जलाइएको थियो । अहिले मृतक महिलाको गाउँ र माईतीका साथै बाह्रबिसेस्थित प्राथामिक स्वास्थ्य केन्द्र सिल गरिएको छ ।

https://youtu.be/fR8QVZFG98A

फेसबुकबाट कमेन्ट गर्नुहोस्