सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिमानाको बिषयमा बोल्दा बर्षा विवादमा

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् ।

उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्,–‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’

अभिनेत्री राउतले भिडियो क्लीपमा भारतीय साथीहरुलाई अब के भन्ने–भन्ने भइरहेको समेत उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’

Barsha Raut

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालासँग वर्षा राउतलाई जोडेर आलोचना भइरहेको छ ।

२५ वर्ष बलिउडमा बिताएकी मनिषा कोइरालालाई आफ्ना प्रशंसक, साथीभाइको चिन्ता नहुने तर नेपाली अभिनेत्रीलाई भारतीय साथीहरुको चिन्ता भएको भन्दै वर्षामाथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् ।

उसो त बर्षा राउतलाई समर्थन गर्नेहरु पनि छन् । बर्षा राउतले सारमा मिडियामा बिरोध र झगडा गर्नुभन्दा दुई देश बिच टेबलमा बसेर वार्ताबाट समाधान खोज्नु उपयुक्त हुन्छ भन्ने आसयको कुरा गरेको भए पनि बिरोध गर्नेहरुको जमातले केहिले भिडियो हेर्दै नहेरी हावाको भरमा र केहीले शब्दको गलत अर्थ लगाएर बिबादमा तानेको एकथरीको बुझाई छ ।

सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भएपछी नायिका बर्षाले स्पष्टिकरणसमेत दिएकी छिन् । उनले आफ्नो मनमा राष्ट्रियता र देशप्रतिको सम्मानमा अलिकति पनि तलमाथी नभएको प्रष्ट पारेकी छिन् । आफु राष्ट्रको पहिचानसँग जोडिएकाले राष्ट्रको मायाँ स्वभाविक रुपमा झन धेरै रहने/लाग्ने उनको भनाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्