सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्यो

सोमबार बिहान थप ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन् ।

सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालसहित बिश्वका बिभिन्न देशमा गरी कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ११७ पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्