सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुम पुर्वमा दलित दाजुभाई दुईहप्तादेखी बेपत्ता

रुकुम पुर्वको भूमे गाउँपालिका–२, काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि वेपत्ता भएका छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।

पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए । दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् ।

थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले जानकारी दिएका छन् ।

हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

परिवारले उनीहरुको खोजी गरिदिनका लागि प्रहरीमा सोमबार निवेदन पनि दिएको छ ।

(रासस)

फेसबुकबाट कमेन्ट गर्नुहोस्