सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या २१२० पुग्यो

कर्णाली प्रदेशमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् ।

थप संक्रमितहरु दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ८ का एक जना, नारायण नगरपालिका वडा नम्बर २ का ५ जना र दुल्लु नगरपालिका वडा नम्बर २ का एक जना रहेका छन् । त्यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ३ का २ जना रहेका छन् ।

त्यस्तै कालीकोटका महावै गाउँपालकिा वडा नम्बर २ का एक जना, महावै गाउँपालिका वडा नम्बर ४ का ४ महिने बालकसहित २ जना, तिलागुफा नगरपालिका वडा नम्बर २ का एक जना, पलाँता गाउँपालिका वडा नम्बर ७ का एक जना, शुभकालिका गाउँपालिका वडा नम्बर ३ का एक जना र सान्नित्रिवेणी गाउँपालिका वडा नम्बर २ का एक जना रहेका छन् ।

संक्रमितहरुमध्ये एक जना महिला र बाँकी पुरुष रहेका छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या २ सय ७८ पुगेको छ । यो संगै नेपालमा संक्रमित हुनेको संख्या दुई हजार एक सय बीस पुगेको छ । नेपालमा कोरोनाका कारण हालसम्म ८ जनाको ज्यान गइसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्