नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित पत्रकार सम्मेलनमा कोरोनाका कारण आज थप एक जनाको मृत्यु भएको पुष्टि गरेसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको हो ।
कोरोनाका कारण मृत्यु हुने दोलखाका ७६ बर्षिय पुरुष रहेका छन् । उनी जेठ १३ गते काठमाण्डौ सिनामंगलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा उपचारका लागी भर्ना भएका थिए । उनलाई हेमोरयाजिक स्ट्रोक भएर अप्रेसन गरिएको थियो ।
उपचारका क्रममा स्वाव परिक्षण गरिएकोमा जेठ १५ गते कोरोना पोजेटिभ देखिएपछी उनलाई उपचारका लागी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो । उनको शिक्षण अस्पतालमा उपचार भइराखेकोमा बुधबार मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका एक गरी ९ जनाको मृत्यु भएको छ । बुधबार थप २०१ जनामा कोरोना संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या २३ सय पुगेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्