सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुग्यो

स्वास्थ्य मन्त्रायले जानकारी गराए अनुसार नेपालमा पछिल्लो २४ घण्टामा बिहीबार एकैदिन ३३४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको बताएका छन् ।

त्यसैगरी म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषा ६, महोत्तरी ३, रौतहट ६५, सर्लाहीका ३ गरी पछिल्लो २४ घण्टामा ३३४ जना कोरोना संक्रमित थपिएको देवकोटाले जानकारी दिएका छन् ।

योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको छ । तीमध्ये २९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमित दोलखाका एक ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्दै गइरहेको छ । उनका अनुसार अहिले देशभरि १ लाख ६१ हजार २ सय ६२ मानिस क्वारेन्टाइनमा छन् । बिहीबारसम्म ८४ हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्