कोरोनाका कारण नेपालमा १० औँ व्यक्तिको मृत्यु
कोरोना भाइरस (कोभिड(१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।
उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला–२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको मृत्यु २० गते नै भएपनि स्वास्थ्य मन्त्रालयले ३ दिनपछी बिहिबार मात्रै कोरोनाका कारण उनको मृत्यु भएको पुष्टि गरेको हो ।
कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक र पाल्पामा १ गरी १० जनाको मृत्यु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्