सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुग्यो

नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा दिएको जानकारीअनुसार बिहीबार विभिन्न जिल्लामा २७८ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ । तीमध्ये ३३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

शुक्रबारसम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन् । पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ । तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्