सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बाजुरामा क्वारेन्टाइनमा एकजना पुरुषको मृत्यु

बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिएका छन् ।

वडाध्यक्ष रावलले भनेका छन्–‘उहाँ दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौँ । उहाँलाई अरु केही समस्या थिएन ।’

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने–‘स्वास्थ्यको टोली आउँदै छ । त्यति बेलासम्म शवलाई छुट्टै राखेका छौँ । स्वाब संकलन गरेर रिपोर्ट आएपछि बल्ल शवको व्यवस्थापन गर्छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS