बरियता; महन्थ पहिलो, बाबुराम चौथो नम्बरमा
दुई अध्यक्ष रहनेगरी जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी पार्टीमा दुई अध्यक्ष रहने भएका छन् ।
महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने भएको नेता शिवजी यादवले जानकारी दिएका छन् । पार्टीको बरियता क्रममा पहिलोमा ठाकुरको नाम रहेको छ भने बाबुराम भट्टराई चौथो नम्वरमा छन् ।
नेता शिवजी यादवले भनेका छन्–‘पार्टीका हरेक निर्णयमा अब दुई अध्यक्षको हस्ताक्षर अनिवार्य हुनेछ ।’ त्यस्तै पार्टीमा वरिष्ठ नेताका रुपमा क्रमशः अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो रहने छन् ।
यसअघि संघीय समाजवादी पार्टीमा भट्टराई पहिलो वरियतामा थिए । आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए ।
गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो । भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णय लगायत कागजात नपुगेकोले दर्ता भएको थिएन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्