सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुपन्देहीमा बञ्चरोले हानेर आफ्नै छोराको हत्या

रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको वडा नम्बर १ का सचिव बिर्ख बहादुर पुलामीले जानकारी दिएका छन् ।

Hatya chirpat prahar

मंगलबार राती काकाको घरको छतमा सुतेका सुदिपलाई राती १ बजेतिर छतमै गई हत्या गरेको पुलामीले बताएका छन् । बन्चरो प्रहार बाट टाउको र मुखमा गम्भीर चोट लागेका सुदिपको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

हत्यामा संलग्न रिम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार भारतमा रोजगारी गर्दै आएका सुदिप लकडाउन हुनुपूर्व चैतको पहिलो साता घरमा आएका थिए ।

रिमबहादुरले दुईवटी श्रीमती विवाह गरेको र सुदिप जेठी श्रीमतीतर्फका कान्छा छोरा हुन् । रिमबहादुरले अत्याधिक मादक पदार्थ सेवन गरेको स्थानीयको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्