सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ललितपुरमा खुट्टा बाँधिएको पुरुषको शव भेटियो

ललितपुरमा एक पुरूषको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको छ । बुधबार बिहान दुई बजे गोदावरी नगरपालिका–३ टौखेलका स्थानिय तथा फ्रेस हाउसका सञ्चालक ३८ वर्षीय अमित शाही घरको करेसाबारीमा मृत अवस्थामा फेला परेका हुन् ।

Death scatch, Sicide

ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार उनको घाँटी र हातमा चोट लागेको छ । एसपि कार्कीले भने–‘खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो । हातमा र घाँटीमा चोट छ ।’

उनले घटना हत्या हो कि आत्महत्या हो भन्न नसकिने बताए । उनले भने–‘अहिले नै हत्या वा आत्महत्या हो भन्न सक्ने अवस्था छैन ।’ घटनाको जानकारी पाएपछि एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनको शव पोष्टमर्टमका लागि पाटन अस्पताल लगिसकिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्