तिन किशोरीको बलात्कार आरोपमा ४ पक्राउ
कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दिएको जानकारीअनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेका हुन् ।
मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरूमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको बिष्टले जानकारी दिएका छन् ।

उनीहरूविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । बिष्टले बलात्कारमा संलग्न अन्य व्यक्तिहरू फरार भएको र उनीहरूको खोजी भइरहेको पनि बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्