सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा गाडीको ठक्करबाट १ नेपालीको मृत्यु

जापानमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । नेपालमा पोखरा घर भएकी २२ बर्षिया सुजाता वास्तोलाको मिनि ट्रकको ठक्करबाट ज्यान गएको हो । मृतक वास्तोलालाई बिहान कामबाट स्कुटरमा फर्किँदै गर्दा मिनि ट्रकले ठक्कर दिएको हो । ठक्कर दिँदा उनी स्कुटरमा एक्लै थिईन ।

मृतक वास्तोलालाई जापानको नागोयास्थित योक्काईचीमा मिनि ट्रकले ठक्कर दिएको बताइएको छ । आईतबार विहान ७ बजे कामबाट फर्किने क्रममा मृतक वास्तोलालाई मिनि ट्रकले ठक्कर दिएको बताइएको छ ।

Death scatch, Sicide

मृतक वास्तोला ६ महिना अघि मात्रै नेपालबाट डिपेन्डेन्ट भिषामा जापान आएकी थिईन । उनी श्रीमानसहित जापानको मिएकेनस्थित योक्काइचीमा बस्दै आएकी थिईन ।

गाडीले ठक्कर दिए लगत्तै उनलाई उपचारका लागी हस्पिटल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव अहिले योक्काइची नगर अस्पतालमा राखिएको छ ।

मृतक महिलाका श्रीमान सहित एनआरएनए जापान सचिव बिष्णु प्रसाद घिमिरेको टोलीले घटनाबारे जानकारी लिइरहेको छ । शवको पोष्टमार्टम र ठक्कर दिने मिनि ट्रकका चालकमाथी आवश्यक कारबाहीको प्रक्रिया अगाडी बताइएको एनआरएनए सचिव बिष्णु प्रसाद घिमिरेले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्