सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिका बस्ने प्राणको ‘तिम्रो मेरो साथ’ युट्युवमा

सुगम संगितका चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको सुमधुर आवाजमा प्राण पुन मगरले ‘तिम्रो मेरो साथ’ बोलको गित बजारमा ल्याएका छन् । हाल अमेरिका बस्दै आएका प्राण पुनले आफ्नो युट्युव च्यानल प्राण डिजिटलमार्फत गितलाई बजारमा ल्याएका हुन् ।

किरणबाबु पुनको शब्द र संगित रहेको गितको म्युजिक भिडियोमा एलिसा पुन मगर र राज कुमार मगरको फिचरिङ(अभिनय) रहेको छ । म्युजिक भिडियोलाई राज कुमार मगरले नै निर्देशन गरेका छन् । गितमा अमर सुनारले कोरियोग्राफी गरेका छन् ।

म्युजिक भिडियोमा निकै सुन्दर दृष्यहरु कैद गरिएको छ । भिडियो निर्माणमा उत्कृष्ट क्यामेरा र ड्रोनको प्रयोग गरि सुन्दर दृष्यहरु कैद गरिएको छ । यो सामाग्री तयार पार्दासम्म युट्युवमा २ लाख ६२ हजार भन्दा बढीले भिडियो हेरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्