सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कैलाली जंगलमा दुई युवतीद्वारा आत्महत्या

कैलाली जिल्लाको धनगढीमा दुई युवतीले विष सेवन गरी आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–७, बेलीको जंगलमा शनिबार दिउँसो करिव १२ बजे मृत अवस्थामा फेला परेका दुवै जनाको विष सेवनबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

आत्महत्या गर्नेमा उपमहानगरपालिका–७ बेली बस्ने १९ वर्षीया गोमा बिक र कैलालीकै चुरे गाउँपालिका घर भई हाल बेलीमा दिदीको घरमा बस्दै आएकी २३ वर्षीया करिश्मा राउत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन् ।

Death scatch, Sicide

बिष्टका अनुसार राउत केही दिनदेखि गोमाको घरमा बस्दै आएकी थिइन् । उनीहरू दुवै जनाबीच घनिष्ठ सम्बन्ध रहेको प्रहरीले जनाएको छ । बिहान ७ बजे घरबाट निस्किएका उनीहरू विष सेवन गरी लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । घटनास्थलमा सल्फास भेटिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले आत्महत्या किन गरे भन्ने यो समाचार तयार पार्दासम्म केही खुलेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्