सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाढीले मध्यभोटेकोशीका चिनियाँ प्राविधिक वेपत्ता

सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिएका छन् ।

आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । सीईओ काफ्लेले बाढीले अरबौंको क्षति भएको बताएका छन् । उनले भनेका छन्–‘इलेक्ट्रोमेकानिकल सामान राख्ने १४ नम्बर साइटमा बाढी पसेको छ । धेरै उपकरणहरु बगाएको छ ।’

Mid Bhotekoshi Madhya bhotekoshi

काफ्लेका अनुसार आयोजनाका लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । सो स्थानमा नीलो जस्ताको छानो भएको सेडमात्र देखिन्छ ।

सीईओ काफ्लेले भने–‘२०७३ सालमा पनि यहाँ ठूलो बाढी आएको थियो, त्यतिबेला धानेको थियो । तर, यसपटक बाढीले ठूलो क्षति पु¥यायो ।’ मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन । सीईओ काफ्लेले ण्भने, ‘पावर हाउसमा ढुंगा माटो भरिएकाले सबैसफा गर्नुपर्ने चुनौती छ । धन्न पावर हाउस भत्किएन, यो ठूलो उपलब्धी हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्