सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सगुनमा झन नयाँ सुविधा, प्रभुसंग सहकार्य

नेपालीहरुद्वारा सञ्चालित पहिलो सोसल मिडिया (Sagoon) सगुनले प्रभु म्यानेजमेन्ट सँग सहकार्य सुरु गरेको छ । सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागी मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्न र अन्य दैनिक कार्यहरुलाई सजिलो बनाइदिने सुविधा पनि उपलब्ध गराउन प्रभु म्यानेजमेन्टसंग सहकार्य गरिएको सगुनले बताएको छ ।

अहिले प्रयोगकर्ताहरुले सगुन मार्फत एन सेल, स्मार्ट सेल, र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग गर्न सक्छन् भने आगामी दिनमा बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउने र पाउने, बैंकमा बुझाउने जस्ता प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरुहरुको लाभ पनि उठाउन सक्ने सगुन र प्रभु म्यानेजमेन्टले बताएका छन ।

सगुन नेपालका कन्ट्री डाइरेक्टर आनन्द बज्राचार्यले भनेका छन्–‘प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई बर्षौं देखि दिइरहेको सेवा सुविधा तथा ग्राहकहरु प्रतिको प्रतिबद्धताबारे राम्रोसँग परिचित छु । त्यसैले यो साझेदारी गर्न पाउँदा एकदमै खुसि छु ।’

Sagoon

बज्राचार्यले यस सहकार्य मार्फत हाम्रो प्रयोगकर्ताहरुले अनेकौ सुविधाका साथै सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरुले आफ्नो सेवा ठुलो संख्याका प्रयोगकर्ताका बिचमा पुर्याउन सजिलो हुने कुरामा विस्वस्त रहेको बताएका छन् ।

प्रभुले सगुन सँग सहकार्य गरि सोशल मिडिया क्षेत्रमा पनि नेपालीहरुलाई सेवा दिने अवसर पाएको बताउँदै प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामाले सगुनसँग साझेदारी गर्न पाएकोमा खुसी भएको बताएकी छिन् ।

सगुन अमेरिका, नेपाल र भारत ३ ओटै देशमा रजिस्टर भइ संचालनमा आइरहेको छ । हाल सम्म ५७ लाख प्रयोगकर्ताले सगुन चलाएका छन् । कम्पनीका अनुसार प्रभु म्यानेजमेन्ट संगको सहकार्य पछि सगुन नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र ४ करोड स्मार्ट कोइन बराबरको शपिंग गरिसकेका छन् ।

सगुनले नेपाल, ईरान र उतर कोरिया बाहेक विश्वभरमा लगानीको नयाँ अवसर प्रदान गरेको छ। सगुनको सेयर खरिद गर्न इच्छुक ब्यक्तिले ब्यक्तिले  https://www.sagoon.com/invest मा वा सगुन एपमा गएर लगानी गर्न आवेदन गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस् ।

सगुनले खोल्यो मिनि आइपिओ, लगानीको मौका

फेसबुकबाट कमेन्ट गर्नुहोस्