रौतहटमा मन्दिरका पुजारीको गोली हानि हत्या
रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । यो समाचार तयार पार्दासम्म गोली कसले किन हानेको हो भन्नेबारेमा खुल्न सकेको छैन ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्