शुक्रबार नेपालमा कोरोनाबाट १२ जनाको मृत्यु
कोरोना संक्रमणबाट २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । मृतकमा ४ महिला र ८ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा मोरङका ५६ वर्षीया र ६५ वर्षीया, भक्तपुरकी ६३ वर्षीया र मकवानुपरकी ७१ वर्षीया रहेका छन् । त्यसैगरी मृत्यु हुने पुरुषमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीया पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ९२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् ।
देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६–१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३–१३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११–११ जनामा कोरोना संक्रमण देखिएको छ ।
डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४–४ जना, नुवाकोट र सल्यानका ३–३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २–२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १–१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले वजाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्