सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाका कारण मंगलबार मात्रै ११ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १ बालिका र १० पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । यो कुल संक्रमितको अनुपातमा ० दशमलव ५९ प्रतिशत हो । २४ घन्टामा मंगलबार मुलुकभर १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

Death boy corona

मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीकै ३७ वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय पुरुष, पर्साका ५३ वर्षीय पुरुष, पर्साका ८० वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी चितवनका ५२ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष, काठमाडौं ३५ वर्षीय पुरुष र मकवापनुरका ५८ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्