वामदेव उप–प्रधानसहित अर्थमन्त्री बन्ने सम्भावना
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाबारे प्रधानमन्त्री ओलीले केही नभनेको उनले बताएका छन् । राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।
केही दिन अघिमात्रै नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले वामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्ने बताएका थिए । यदि जनार्दन शर्माले भनेको कुरा सहि भए वामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्ने पक्का भएको छे ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्