सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सगुनमार्फत अन्तरराष्ट्रिय लगानी गर्ने सुनौलो मौका

पछिल्लो समय आफ्नो फरक पहिचानका साथ सामाजिक सञ्जालको दुनियाँमा स्थापित हुँदै गरेको सगुनले प्रवासी नेपालीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । सगुनले आवश्यक पुँजी जम्मा गर्नका लागी मिनि आईपिओमार्फत विश्वभर लगानीको ढोका खुला गरेको छ ।

जुम एप्लीकेसनमार्फत पत्रकार सम्मेलन गर्दै आइतबार सगुन सञ्चालक समुहले अन्तरराष्ट्रिय कम्पनीहरुमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुका लागि सगुन सुनौलो अवसर बनेको बताएका थिए ।

संस्थापक गोविन्द गिरीले सगुनले लामो यात्रा पार गरेको र प्रयोगकर्ताहरुको विश्वास र माया जित्न सफल भएको भन्दै सगुनको भविष्य राम्रो भएकोमा आफु ढुक्क भएको बताएका थिए ।

गिरीले भने–‘सुरु भएको छोटो समयमै हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिँजोका दिनमा सर्वसाधारणको लागी लगानीको पहुंचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म पनि आज लगानीकर्ताहरुका लागि सगुन सुनौलो अवसर बनेको छ ।’

सगुनका संस्थापक गोविन्द गिरीले सगुन एपमा भिडियो, च्याट लगायतका फिचरहरु छिट्टै उपलब्ध हुने जानकारी पनि गराएका छन् । पत्रकार सम्मेलनमा गिरीले अहिले भईरहेका सामाजिक सञ्जालहरुसंग प्रतिस्पर्धा गर्दै सगुनलाई अँझ फरक र उत्कृष्ट ढंगले स्थापित गराउने प्रयासमा आफुहरु रहेको बताएका थिए ।

Sagoon

अमेरिकामा मुख्यालय रहेको सगुनले कानूनी प्रक्रियाअनुसार विश्वभरका लगानीकर्तामाझ आएको सगुनले आगामी वर्षको सुरुमै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको गिरीले बताएका छन् ।

फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी सगुनको जस्तै चरणमा रहेको बेला तिनमा सर्वसाधारणको लगानीका लागि कुनै अवसर नभएको बताउँदै गिरीले सगुनले सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको भन्दै नेपालीका लागि यो लगानीको नयाँ र उत्तम अवसर भएको बताएका थिए ।

संस्थापक गिरीले अहिले फेसबुकले नेपालबाट वर्षेनी २२ अर्ब रुपैयाँ विज्ञापनबाट आम्दानी गर्ने गरेको अनुमान गरिएको बताउँदै सगुनले त्यो रकम नेपालमै रोक्न चाहेको बताएका थिए ।

गिरीले भनेका छन्–‘हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं । यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गछौँ ।’

संस्थापक गिरीले आफुले सन् २०१४ मा अमेरिकाको प्रतिष्ठित जागिर छाडदा आफुसंग जम्मा १,३०० डलर रहेको र सह–संस्थापक सिटौलासंग मिलेर स्थापना गरेको कम्पनी सगुन इंकलाई सन् २०२३ मा न्यूयोर्क स्टक एक्सचेन्जमा दर्ता हुने प्रवासी नेपालीहरुले स्थापना गरेको पहिलो कम्पनी बनाउने आफ्नो सपना रहेको बताएका छन् ।

उनले ‘एग्रीगेट न्युज’ को क्षेत्रमा आफुहरुले काम गरिरहेको र नेपाली मिडियासंग दीर्घकालीन रुपमा साझेदारको रुपमा काम गर्न चाहेको बताएका छन् । गिरीले भनेका छन्–‘एउटा कम्पनीको रुपमा सगुनको वृद्धि हुँदै जाँदा संसारभरि रहेका नेपाली मिडिया पनि अवश्य लाभान्वित हुने छन् ।’

सगुनले ‘ग’ श्रेणीको साधारण शेयर मिनि (आइपिओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ । आगामी सेप्टेम्बर ३० तारिख सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन् । नेपालको कानून अनुसार नेपालबाट विदेशी कम्पनीहरुमा लगानी गर्न नपाइने त्यस्तै अमेरिकी कानूनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकी कम्पनीहरुमा लगानी गर्न रोक लगाएको छ ।

कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा खरिद गर्न सकिने प्रावधान रहेको छ । सन् २०२१ को शुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत लगानीको अवसर यो भ्यालुएशनमा यही नै अन्तिम पटक हुने सगुनका सहसंस्थापक कविन सिटौलाले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

सगुनको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले https://www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छनोट गरी लगानीका लागि आवेदन दिन सक्नेछन् । अहिले संसारभरि सगुनका प्रयोगकर्ताहरु ८१ लाख बढी रहेको सगुनले जनाएको छ ।

जुम एप्लिकेसनमार्फत गरिएको अनलाइन पत्रकार सम्मेलनमा सगुनका नेपाल कन्ट्री म्यानेजर आनन्द बज्राचार्य तथा सगुनकी सह–संस्थापक स्वाति दयालले क्रमशः नेपाल र भारतमा सगुनका सेवा तथा उत्पादनबारे जानकारी गराएका थिए । सगुनका प्रयोगकर्ता विशेषगरी अमेरिका, नेपाल र भारतसहित दक्षिण एसियाली मुलुकमा बढिरहेका छन् ।

नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसंग सगुनको व्यापारिक सम्झौता भइसकेको र अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन नविल बैंकसग छिट्टै सहकार्य गर्न लागेको सगुनले जनाएको छ । नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूमध्ये सगुन ५ औं स्थानमा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्