सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा अंगुर अड्किएर नेपाली बालकको मृत्यु

जापानको टोकियोमा ४ वर्षिय एक नेपाली बालकको अंगुरको दाना घाँटीमा अडकिएर निधन भएको छ । नेपालमा पाचथर याङ्नाम स्थायी घर भएका अनुभव थाम्सुहाङ र फुनबसी केइकीको ४ वर्षिय छोरा गेन्की थाम्सुहाङको सेप्टेम्बर ७ तारिखका दिन निधन भएको हो ।

आमा केइकीले सदाझैँ छोरा गेन्कीलाई बिहान किन्डरगार्टेन(होईकेन) पुर्याएकी थिईन । तर छोरा छाडेको केही घण्टापछी किन्डरगार्टेन(होईकेन) बाट तुरुन्त आउनु भनि फोन आयो । हस्पिटल पुगेपछि थाहा भयो चार बर्षको छोराको मृत्यु भईसकेको रहेछ ।

किन्डरगार्टेन (होइकेन)ले दिएको जानकारी अनुसार, दिउँसोको खाजा खाने क्रममा गेन्कीको घाँटीमा अँगुरको दाना अड्किएको हो । अंगुरको दाना अड्किएपछी उनलाई तुरुन्त हस्पिटल लगिएको थियो । तर हस्पिटलले उपचार गर्नु अगावै उनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

पढाई लेखाई ठूलो मान्छे बनाउने सपनाका साथ बिहान स्कुल छोडेर आएको अनुभव र केइकीको छोरा गेन्की अपरान्ह नहुँदै सँधैको लागि दुनियाँबाट विदा भए । मृत्यु एकदिन सबैको हुन्छ, त्यो अकाट्य छ, तर यति अल्पायुमै, यस्तो आकस्मिक घटनाबाट केहि क्षणभरमै आफ्नो सन्तानलाई गुमाउनुपर्दाको पिडा त्यो परिवार भन्दा बढी त अरु कसले महशुस गर्न सक्ला र !

स्रोतः Nepalnewspost

फेसबुकबाट कमेन्ट गर्नुहोस्