सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एकजनाको मृत्यु

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरेका थिए ।

महर्जनले काठको भाटाले हिर्काउँदा शम्भु गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रूकेश तन्डुकारले बताएका छन् । तण्डुकार भनेका छन्–‘आज दिउँसो उनीहरूबीच विवाद हुँदा झडप भएको हो । त्यहीक्रममा बहालमा बसेका पुरूष घाइते भएका थिए ।’

चौधरीले केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्न थालेका थिए । तर आज चौधरीले मापसे गरी महर्जनको घरमा झगडा गर्न पुगेको प्रहरीले जनाएको छ ।

Hatya chirpat prahar

घाइते भएका उनको उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको डिएसपी तन्डुकारले जानकारी दिएका छन् । प्रेमलाल महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकको बाहिरी चोट भने नदेखिएको डिएसपी तन्डुकारले बताएका छन् । डिएसपि तण्डुकारले भने–‘उनको बाहिर चोट भने देखिएको छैन । भित्री चोट देखिन्छ । पोष्टमर्टम रिपोर्ट आएपछि पूर्ण विवरण आउँछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्