भक्तपुरमा एकैपरिवारका ३ जनाको शव भेटियो
मध्यपुर थिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको महानगरीय प्रहरी वृत्त ठिमिका प्रमुख डीएसपी ऋषिराम कँडेलले बताएका छन् ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले पनि एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको बताएका छन् । उनले भनेका छन्–हामीले अनुसन्धान थालेका छौं । यसमा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्नेछौं ।’

मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।
ठिमि वृत्तका डिएसपि कँडेलले भने–‘हत्या केही दिन पहिले भएको जस्तो देखिन्छ । घटना कहिले भएको र कसले गरेको भन्ने अनुसन्धान थाल्दै छौं ।’ अनुसन्धानपछी घटनाको पुर्ण विवरण खुल्ने उनले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्